काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाल आलय निगमले बढाएको मूल्यवृद्धि फिर्ता नलिए उपभोक्ता मञ्च चुप लागेर नबस्ने बताएका छन्।
आज (आइतबार) राष्ट्रिय उपभोक्ता मञ्चको १८ औँ वार्षिक साधारण सभा तथा स्थापना दिवस तथा उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल आलय निगमले ८ वर्षको अघि स्वचालित प्रणालीमा नगएर अहिले हामीले भने, थाकी सकेपछि बल्ल गएको बताएका छन्। अध्यक्ष महर्जनले नेपाल आलय निगमले सरकार र उपभोक्ता विपरीत कार्य गरेको छ बताउदैं नेपाल आलय निगमले बढाएको मूल्यवृद्धि फिर्ता नलिए उपभोक्ता मञ्च चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
उनले भने हेर्दा खेरि नेपाल सरकारलाई केही पनि अपुग छैन । तर हरेक सामानको भाउ बढेको छ । सरकारले खाद्य बस्तुमा आत्म निभर हुन्छु भनेको थियो तर अहिले सम्म भएको छैन नेताको घरमा भयो होला जनताकोमा भएको छैन । कालो बजारी गर्नेलाई सरकारले कारबाही गर्ने सकेँ । कालो बजारी गर्ने हरू एके ४७ लिएर बस्छन् । उनले भने
FACEBOOK COMMENTS