काठमाडौँ । १९औं एसियाड अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ आठौं भएका छन् ।
फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा १० खेलाडीले प्रतिस्पर्धा गरेकोमा गणेश आठौं भएका हुन् ।
त्यसअघि शनिबार बिहान भएको सेमिफाइनल चरण पार गर्दै गणेश फाइनल चरणमा छनोट भएका थिए ।
सेमिफाइनलमा १६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दश खेलाडी फाइनल चरणमा प्रवेश गरेका थिए । सहभागी राष्ट्रका एक एक खेलाडी फाइनल चरणमा प्रवेश गर्दा नेपालबाट सहभागि भएका एक मात्र खेलाडी गणेश पनि फाइनल चरणमा पुगेका हुन् । तर उनले आठौं स्थानमा रहेर प्रतियोगिता सकाए ।
यस इभेन्टमा चीनका क्वान सिनले स्वर्ण जित्दा जापानका तानाका युकीले रजत र चाइनिज ताइपेइका उ शाओ हसुअनले कांस्य जिते ।
FACEBOOK COMMENTS