काठमाडौं । भारतले नेपालसहित अन्य केही देशहरुमा चामल निर्यात खुला गरेको छ ।
नेपालसहित ७ देशमा विभिन्न परिमाणमा गैर–बासमती सेतो चालम निर्यात गर्न भारत सरकारले अनुमति दिएको हो । यी देशहरुमा नेपाल, क्यामरुन, आइभरी कोस्ट, रिपब्लिक अफ गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्ज रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
भारतको वाणिज्य विभागले सूचना जारी गरी चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको जनाएको हो । भारतले सरकार–सरकार (जी टु जी) बीचको सहमतिका आधारमा यी ७ देशहरुमा कुल १० दशमलव ३४ लाख टन गैर–बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।जसमध्ये सबैभन्दा धेरै फिलिपिन्सलाई २ दशमलव ९५ लाख टन छुट्याइएको छ । यस्तै, क्यामरुनलाई १ दशमलव ९ लाख टन, मलेसियालाई १ दशमलव ७ लाख टन र आइभरी कोस्टलाई १ दशमलव ४२ लाख टन निर्यात हुनेछ । यता, रिपब्लिक अफ गिनीमा १ दशमलव ४२ लाख टन, नेपालमा ९५ हजार टन र सेशेल्जमा ८ सय टन निर्यात हुनेछ
FACEBOOK COMMENTS