काठमाडौं । आशुतोष इनर्जी कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले सभामा साधारण सेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि सर्वसाधारणका लागि निष्कासन गरिने छ । कम्पनीले १२ करोड रुपैयाँको सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीहरुबाट थप ५ करोड १५ लाख रुपैयाँ माग गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने पस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने योजना पेश गर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS