काठमाडौं । धादिङको खरी आसपास केन्द्रविन्दु भएर भूकम्प जाने क्रम रोकिएको छैन ।
आइतबार साँझ लगातार दुई परकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता लगातार परकम्पहरू गइरहेका छन् ।
FACEBOOK COMMENTS