काठमाडौं । कुमारी बैंकले ऋणपत्रमा माग अुनसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ । अब ऋणपत्रमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकले कात्तिक २ गतेदेखि ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गरिएको छ । जसमा ३० लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।
१ लाख इकाई सामूहिक लगानी कोषलाई छुट्याएको छ । कुमारी बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पाइन्छ ।
यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS