सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ ।
मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गृह जिल्ला रुकुममा छन् भने आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह पनि गृह जिल्ला जाजरकोटमा छन् ।
सामाजिक विकासमन्त्रीसहितका अन्य मन्त्रीहरू पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् भने प्रदेशका कर्मचारीहरू पनि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएका छन् ।
यसैबीच, प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आज जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।
उद्धार क्षेत्रमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले अति प्रभावित नागरिकले न्यानो कपडा नपाएको गुनासो गरेको भन्दै सहयोगका लागि आग्रह गरे ।
भूकम्पपश्चात् पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरणको अनुगमनमा पुग्नु भएका मन्त्री विसीले बढ्दो जाडो र बारम्बार आउने परकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको बताए ।
FACEBOOK COMMENTS