काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण सभा भोली हुने भएको छ ।
सभामा कम्पनी सेयरधनीलाई दिन प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने छ ।
सभाले उक्त प्रस्ताव पारित गरेपछि सेयरधनीले पाउनेछन् । सभाका लागि भन्दै कम्पनीले असोज २४ गते बुक क्लोज गरेको छ । असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS