स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर बीच सम्झौता भएको छ ।
सम्झौता पश्चात् कुमारी बैंकका खातावालाहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा विभिन्न औषधोपचार सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरे ।
कुमारी बैंकले देशविदेशका विभिन्न अस्पतालहरुबाट उपचार गराउँदा आफ्ना समस्त ग्राहकवर्गलाई कुमारी डेबिट÷क्रेडिट कार्डको प्रयोग गर्दा विशेष छुटको सुविधा दिदैं आइरहेको छ ।
कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ८८ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्घारा सेवा दिइरहेको छ ।
त्यस्त,ै बैंकले अत्याधुनिक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग, मोबाइल बैंकिंङ्ग तथा भाईबर बैंकिंङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS