काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहयासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार २०२२’ बोस्टनका नेपाली साहित्यकार अनु शाहलाई प्रदान गरिएको छ ।
राम श्रेष्ठद्वारा प्रायोजित पुरस्कार नगद २५० अमेरिकी डलरसहित सम्मानपत्र रहेको छ ।
अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न कार्यक्रमको प्रमुख आतिथी केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, विशिष्ठ अतिथि साहित्यकार महेश पौड्याल रहेका थिए । त्यसगरी कवि ईश्वरी भट्टको तेस्रो प्रकाशन ‘आकाश पारीबाट’ र कवि गोपाल भण्डारीको ‘दोस्रो छन्द कविता संग्रह’को विमोचन समेत गरिएको थियो ।
प्रमुख आतिथि केन्द्रीय अध्यक्ष गोबर्धन पूजाले कार्यक्रममा बोल्दै साहित्यकार अनु शाहको लामो समयदेखि अनबरत रुपमा साहित्यमा योगदान पुर्याएको भन्दै प्रसंसा गरेका थिए भने यस पुरस्कारले थप जिम्मेवार थपेको बताए ।
सभापति हरिमाया अधिकारीले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो । उक्त कार्यक्रम संस्थाका सचिव तथा नवनिर्वाचित महासचिव नन्द शर्माले सन्चालन गर्नु भएको थियो ।
नवनिर्वाचित समितिको प्रथम बैठकले ईश्वरी भट्टलाई प्रधान सम्पादन नियुक्त गर्नुका साथै निर्वाचन समितिलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।
FACEBOOK COMMENTS