काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२.९४ रुपैयाँ बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५.०२ रुपैयाँ बिक्री दर १४५.६८ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.६८ रुपैयाँ बिक्री दर १६६.४३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५३ रुपैयाँ बिक्री दर ८६.९२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.४५ रुपैयाँ बिक्री दर ३५.६१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ बिक्री दर २८.५३ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS