काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज मंगलबार कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।
उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण ( आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । साधारणसभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ वर्षका लागि नियुक्त गरेको छ।
साधारणसभाले आ.व. २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
FACEBOOK COMMENTS