काठमाढौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपालद्वारा सम्मानित भएको छ ।
इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रुपमा सम्मानित भएको हो ।
विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।
भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS