काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरेको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ भने सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर निष्कासन गरिसकेको छ ।
आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर बाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS