काठमाडौं । साङ्ग्रिला विकास बैंकको शेयर मूल्य समायोजन भएको छ ।
५ प्रतिशत बोनस शेयर वितरणका लागि बैंकको शेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनसँगै बैंकको शेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ ९५ पैसा कायम भएको छ । यसअघि बैंकको शेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ थियो ।
यससँगै अबको बजारमा साङ्ग्रिला विकास बैंकको पहिलो शेयर कारोबार प्रतिकित्ता २९५ रुपैयाँलाई आधार मानेर हुने छ ।
FACEBOOK COMMENTS