काठमाडौं : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १७ दशमलव ९३ विन्दुले घटेर १८७६ दशमलव ६० अंकमा आएर बन्द भएको छ ।
हिजो (मंगलबार) एक अर्ब २८ करोड २ लाख रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब १ करोड ४१ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार भएको शेयर कारोबारमा ४२ कम्पनीका शेयरधनीले कमाएका छन् भने १९० कम्पनीका शेयरधनीले गुमाएका छन् । ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज कारोबार भएकामध्ये विजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले बढेर ६५७ रुपैयाँ पुगेको छ ।
आज पनि सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
FACEBOOK COMMENTS