काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँट गरिने भएको छ ।
आज बिहान १० बजे आईपीओ बाँडफाँट गरिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । नेपाल वेयरहाउजिङको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
आईपीओमा १२ लाख ५७ हजार ७५६ जनाले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् । आवेदन दिएका मध्ये १ लाख ६४ हजार १२५ जनाले सेयर हात पार्नेछन् ।
बाँकी ११ लाख ४३ हजार ६३१ जनाको हात खाली हुनेछ । कम्पनीले मंसिर १० देखि १३ गतेसम्म ११ लाख ४१ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS