काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको विषयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अब कम्पनीलाई बुधबारबाट सर्वसाधारणका लागि प्रिमियममा आइपीओ ल्याउन बाटो खुलेको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै रिट परेको थियो ।
कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दैछ ।
FACEBOOK COMMENTS