काठमाडौं । लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौँमा अवस्थित बयोधा अस्पताल सँग बिभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
उत्त सम्झौता अनुसार बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गरिने भएको छ ।
उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौ स्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डाक्टर अरबिन्द कुमार साहले हस्ताक्षर गरे । लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
FACEBOOK COMMENTS