काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज बिहिवार ३५ दशमलव ३९ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १ सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ ।
आज ३ सय ६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ६८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव २४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ४४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १८ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS