काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते १३ / १४औं वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको छ ।
सभामा संस्थापक समूहबाट ५ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना तथा स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS