काठमाडौं । एनएमबि क्यापिटलले नगद लाभांश घोषणा गरेको छ ।
यस क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद दिने घोषण गरेको हो । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा पनि बोलाएको छ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ ।
साथै, चालु आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।
FACEBOOK COMMENTS