काठमाडौं । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँछन् ।
हरेक पुस १५ गते गुरुङ समुदायले यो पर्व मनाउने गर्छन् । ल्होसार पर्व मनाउन सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।
गुरुङ समुदायले आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।
FACEBOOK COMMENTS