काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बजारबाट २५ अर्ब उठाएको जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोल आज हुने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्ने छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गरेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी माघ ३ गते हुनेछ ।
FACEBOOK COMMENTS