काठमाडौं । एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यान संचालक समितिबाट बाहिरिएका छन् । उनी बैंकको संचालकमा छनोट नै हुन नसकेका स्रोतले जनाएको छ ।
८ वर्ष बैंकको नेतृत्व गरेका गोल्यान अब ४ वर्ष संचालन समितिबाट बाहिर रहेन छन् ।
आज बैंकको साधारण सभा बसिरहेको छ । साधारण सभाबाट संचालक समितिसमेत तय हुनेछ ।
अबको संचालक समतिमा मनोज गोयल, एफएमओको प्रतिनिधि, संचय कोषको प्रतिनिधि प्रमोटर सेयरधनीबाट चुनिएका छन् भने पब्लिकबाट उत्तम भ्लोन लामा, शिशिर मुरारका र हरि सुवेदी चयन भएका छन् । स्वतन्त्रबाट बन्दना पाठक सञ्चालक समितिमा चयन भएकी छन् ।
यी सदस्यहरुमध्येबाट मनोज गोयललाई अध्यक्ष चयन गर्ने सहमति भएको बैंक स्रोतले जनाएको छ ।
बैंकको संचालक समितिबाट गोल्यान बाहिरिएपछि बैंकका अध्यक्षहरुको छाता संस्था बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सीबीफीन)को अध्यक्षबाटसमेत राजीनामा दिने तयारी गरेका छन् ।
FACEBOOK COMMENTS