काठमाडौं,फागुन १३- नविल इन्भेस्टमेन्ट बैंकको नबिल म्युचल फण्ड अन्तर्गत संचालित दुई म्युचल फण्ड योजनाले पुस मसान्तको तुलनामा माघमा दोब्बर नाफा कमाएका छन् । शेयर बजार ५७ अंकले बढेपछि दुवै योजनाले दोब्बर नाफा कमाएका हुन्। माघ १ गते १ हजार २ सय ८४ विन्दुमा रहेको सेयर बजार माघको अन्तिम दिन २९ गते १ हजार ३ सय ४१ विन्दुमा बन्द भएको थियो ।
नविलको नविल इक्वीटी फण्डले माघ मसान्तमा १५ करोड १६ लाख नाफा गरेको छ । योजनाले गत पुस मसान्तमा ७ करोड ६८ लाख ७३ हजार नाफा गरेको थियो । योजनाको व्याज, लाभांश र सेयर विक्री बाट १६ करोड ६० लाख आम्दानी भएको छ । योजनाले पुस मसान्तमा ८ करोड ९० लाख आम्दानी गरेको थियो ।
घाटामा रहेको योजनाको रहेको प्रति ईकाई खुद सम्पती मुल्य १० रुपैयाँ २३ पैसा पुगेको छ, जुन पुसमा ९ रुपैँया ६३ पैसा थियो । योजनाले विभिन्न सूचिकृत कम्पनीहरुमा ६८ करोड ९१ लाख ४१ हजार लगानी गरेको छ ।
त्यस्तै, नविल व्यालेन्सड् फण्ड २ ले माघ मसान्तमा ८ करोड ५० लाख ८६ हजार नाफा गरेको छ । योजनाले पुस मसान्तमा ४ करोड ८३ लाख नाफा गरेको थियो । योजनाको नाफा एक महिनामा करिब दोब्बरले बढेको हो । योजनाले सेयर विक्री गर्दा उच्च नाफा भएपछि नाफा कमाएको हो । गत पुस मसान्तमा सेयर विक्रीबाट ३७ लाख ९९ हजार नाफा गरेको योजनाले माघ मसान्तमा १ करोड ७५ लाख ५५ हजार नाफा गरेको छ ।
योजनाको प्रतिईकाई खुद सम्पती मुल्य १० रुपैया ८० पैसा छ । योजनाले विभिन्न कम्पनीहरुमा ३६ करोड ९२ लाख लगानी गरेको छ । पुस मसान्तमा ३६ करोड ६७ लाख लगानी गरेको थियो ।
यि दुई योजनाको व्यवस्थापक नविल इन्भेष्टमेण्ट बैकिङ लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS