काठमाडौं । पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनु पर्ने निर्णय गरेको हो ।
बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी बढाउनुपर्ने निर्णय गरेको हो । यसअघि प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुको पुँजी बढाउन लागाएको थियो ।
बीमा कम्पनीको जोखिम बहन गर्ने क्षमता बढाएपछि अब पुनर्बीमाको पनि बढाउनुपर्ने भएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए ।
उनका अनुसार अब रि–इन्स्योरेन्सको चुक्ता पुँजी २० अर्बको पुर्याउन लागाइने छ ।
नेपालमा अहिले पुनर्बीमा कम्पनी २ वटा मात्रै छन्। सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी स्वामित्वको हिमालयन रि–इन्स्योरेन्स छन् । अब यी दुवै कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्नेछ ।
असार मसान्तसम्मको वित्तीय विवरणअनुसार नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ भने हिमालयन रि–इन्स्योरेन्ससँग १० अर्ब रुपैयाँ छ ।
FACEBOOK COMMENTS