काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पुरानो कुरा कोट्याएर वर्तमान सरकारले नेपालका उद्योगी–व्यवसायीहरूलाई तर्साउन खोजेको बताएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद समेत रहेका अध्यक्ष चौधरीले बाँसबारी छाला जुत्ता उद्योगको जग्गा तत्कालीन समयमा कानुनबमोजिम नै खरिद गरेको दाबी समेत गरेका छन् ।
आज शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रक्रियागतरूपमै खरिदबिक्री भएको जग्गाको पुरानो विषय उजागर गरेर सरकारले उद्योगी–व्यवसायीलाई तर्साइरहेको बताए । लगानी सम्मेलनको सम्मुखका लगानीकर्तालाई निरुत्साहित गर्ने कार्य सरकारबाट हुनु दु:खद कुरा भएको उनको भनाइ छ ।
सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो पक्राउ गरेको थियो ।
बाँसबारी छाला जुत्ता कारखानाको त्यो जग्गा कानुनीरूपमै व्यक्तिको नाममा
उद्योगी व्यवसायीको साझा प्रश्न- घरमा रडाको मच्चाएर लगानी सम्मेलन सफल हुन्छ ?
FACEBOOK COMMENTS