काठमाडौं । यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा क्रमश विद्धि भएको छ । आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला १ हजार ५ सयले बढेको छ। यस्तै चाँदीको मूल्य समग्रमा १५ रुपैयाँले बढेको छ ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको थियो । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ थियो भने तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैया कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको थियो । चाँदीको मूल्य १ हजार ४ सय थियो ।
साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको थियो । त्यस दिन छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ३०० रुपैयाँ रहेको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।
साथै, त्यस दिन चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको थियो । उक्त दिन चाँदीको मूल्य प्रतितोला एक हजार ४०५ रुपैयाँमा कायम भएको थियो ।
साताको तेस्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो । छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको थियो भने तेजावी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको थियो । चाँदीको मूल्य १ हजार ४२० कायम भएको थियो ।
साताको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको थियो । छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको थियो भने तेजावी सुनको मूल्य १ लाख १८ हजार १५० कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको थियो ।
साताको पाँचौ दिन बिहीबार सुनको मूल्य ५ सय रुपैयाले बढेको थियो । छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको थियो ।
बुधबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको थियो ।
साथै साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ३ सय रुपैयाले बढेको थियो । छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ कायम भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको थियो ।
FACEBOOK COMMENTS