काठमाडौं । सरकारले लिँदै आएको करको विरोधमा आज देशभरका सिनेमा हल आज बन्द गरिएका छन् ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करको खारेजीको माग गर्दै आज फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।
नेपाल चलचित्र सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको भन्दै विरोध गरेको हो ।
संघका महासचिव नरेन्द्र महर्जन भने, ‘आज सांकेतिक रूपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं। यसबाट कस्तो प्रतिक्रिया आउँछ त्यहीअनुसार चरणबद्ध रूपमा अगाडि बढ्ने छौं।’ अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।
FACEBOOK COMMENTS