काठमाडौं । कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा.लि. र बिश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ।
उक्त सम्झौतामा शशिला मोटर्स र उलिङ मोटर्स होल्डिङ्ग लिमिटेड बीच भ्यान बिक्री गर्ने सम्झौता समेत भइसकेको छ । भ्यानमा ४१ दशमलव ८७ किलोवाट आवरको ब्याट्री प्याक जडान भएर आउने उक्त भ्यानले सिंगल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
कम्पनीले यसमा ८ वर्ष अर्थात ४ लाख किलोमिटर वारेन्टि दिने बताएको छ । उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीले जनाएको छ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुने विश्वास कम्पनीको छ ।
नेपालको यातायात क्षेत्र विद्युतिकरणमा रुपान्तरण हुँदै गइरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुने कम्पनीको दाबी छ । यसका साथै कार्वन उत्सर्जनमा कमी गर्न यसले महत्वपूर्ण योगदान पुर्याउने जनाइएको छ ।
उलिङ मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा सय वर्ष बढीको अनुभव रहेको छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक खतिवडाले जानकारी दिए ।
FACEBOOK COMMENTS