काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर विकास समितिका पदाधिकारीसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कैलालीको टीकापुरस्थित सरकारी जग्गामा प्लटिङ गरी आफन्तलगायतको नाममा पास गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहितलाई विपक्षी बनाइ बिहीबार मुद्दा दायर गरेको हो ।
टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशीलगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई नगर विकास समितिका प्लट घडेरी किनबेच र हस्तान्तरण गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
अख्तियारले उक्त कार्य गर्ने तत्कालीन पदाधिकारी,कर्मचारी र पहिलो तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत बिक्री हुँदै हालक कायम जग्गाधनीहरुका विरुद्धमा समेत बिगोसहितको सजाय मागदवीसहित विशेषमा मुद्दा दर्ता गरेको हो ।
FACEBOOK COMMENTS