काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले पैदलयात्रुका लागि काठमाडौंको मिनभवन र बबरमहलमा र्यामसहितको आकाशे पुल बनाउने योजना बनाएको छ ।
आज बिहीबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको समन्वय बैठकमा सडक मर्मत र निर्माणका सम्बन्धमा धारणा व्यक्त गर्दै डिभिजन सडक कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले उक्त योजना सार्वजनिक गरेका हुन् ।
यस्तै, उनले काठमाडौं महानगरपालिका क्षेत्रभित्रको ४७२ किलोमिटर सडक विभागको कार्य क्षेत्राधिकारमा रहेको बताउँदै ती सडकमा सतह मिलान गर्नुपर्ने, सफाइ गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने काम नियमित भइरहेको जानकारी बैठकलाई दिएका छन् ।
तर, आकाशे पुलको योजनाबारे बैठकमा महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले र्याम भएका आकाशे पुलको सट्टा लिफ्ट राखिनुपर्ने बताएका छन् । लिफ्ट राख्दा आकाशे पुलहरू अपाङ्गता भएका व्यक्ति, विरामी तथा ज्येष्ठ नागरिकले सजिलै उपयोग गर्न सक्ने भनाइ उनको छ ।
उपप्रमुख सुनिता डंगोल भन्छिन्– टेबलमा बसेर कोरिएका त्रुटीपूर्ण जीएलडी नक्सा सच्याउनुपर्छ
FACEBOOK COMMENTS