काठमाडौं – शाओमी ग्लोबल टेक्नोलोजी लिडरले रेडमी ए सिरिजको अर्को नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ ए डूअल नेपालमा सार्वजनिक गरेको छ ।
रेडमी ८ ए डूअलस् देशको दमदार स्मार्टफोन रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ, जसलाई उत्कृष्ट पोट्रटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।
रेडमी ८ ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ, जुन रेडमी ८ ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्दछ ।
६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ ए डूअलमा १९ः९ एसपेक्ट रेसियो रहेको छ, जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चारजिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ । पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२जीबी सम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ ।
रेडमी ८ ए ले उच्च गुणस्तरको प्रतिबद्धता गर्दै यसमा भएको कर्निग गोरिला ग्लास ५ र एद्दष् न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्दछ ।
यस्ता छन् विशेषताहरु
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी रेडमी ए सिरिजका स्मार्टफोनहरुमा सबैका लागि उत्तम प्रविधि उपलब्ध गराउँन निरन्तर केन्द्रित छौं । सन् २०१९ मा शाओमीको वृद्धिका लागि रेडमी ६ ए र रेडमी ८ ए ले उल्लेखनीय योगदान पु¥याउँदै रेडमी ‘ए’ सिरिज नेपालमा निकै महत्वपूर्ण स्मार्टफोन सिरिज साबित भएको छ । यो नयाँ उत्पादन नेपालका सबै एमआई फ्यानहरुका लागि ल्याउन पाउँदा हामी निकै खुशी छौं र रेडमी ८ ए डूअललाई सम्पूर्ण ग्राहकहरु र फ्यानहरुले मन पराउनुहुन्छ भन्नेमा हामी निश्चित छौं ।’
उपलब्धता
रेडमी ८ ए डूअल सी ब्लू, स्काई ह्वाईट र मिडनाइट ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ ।
३ जीबी प्लस ३२ जीबी भेरियन्ट रु १२,९९९ मा मार्च २, २०२० ९१९ फागुन, २०७६० बाट सबै अफलाइन स्टोरहरु, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS