काठमाडौं, फागुन २० – बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको अवस्थामा भारततर्फ फरार भएका भनिएका उनले नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् ।
गिरीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला सिद्धबाबा सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पसेका थिए ।
यसअघि जिल्ला अदालत, सुनसरी न्यायाधीश राधाकृष्ण उप्रेती १ नम्बर इजलासले दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै सिद्धबाबालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
एक अनुयायी महिला बलात्कार गरेको आरोप लागेका उनलाई विराटनगर उच्च अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
FACEBOOK COMMENTS