काठमाडौं,फागुन २१- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सम्पन्न निर्देशन दिएको छ।
मन्त्रालयले करिब एक महिना विद्यालयमा कुनै पनि गतिविधि सञ्चालन नगर्न पनि आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो आग्रह गरेको हो। मन्त्रालयको यो निर्देशनपछि आगामी शैक्षिक सत्र विसं २०७७ को सरकारी भर्ना अभियान र निजी विद्यालयको भर्ना प्रक्रियामा गम्भीर समस्या पर्ने भएको छ।
मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सम्पन्न गरी करिब एक महिना विद्यालय बन्द गर्ने अलिखितिरूपमा निर्देशन दिएको हो। बैठकमा उपस्थित सबै सरोकारवालाले लिखितरूपमा विद्यालय बन्द नै गर्न उल्लेख नगरे पनि अधिकांश सरोकारवाला निकायले विषम परिस्थितिमा विद्यालय बन्द गर्ने धारणा व्यक्त गरेका थिए।
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिँदै मन्त्रालयले जारी गरेको सूचनामा कक्षा ८ को परीक्षाको केन्द्र विद्यालयमै राख्न निर्देशन दिइएको छ। सूचनामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीध्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
त्यस्तै कक्षा ८ को स्थानीय तहस्तरको परीक्षामा आफ्नो विद्यालयमै केन्द्र तय गर्न आग्रह गरेको छ। सूचनामा विद्यालयमा सामूहिक भेला, सेमिनार, गोष्ठी, वार्षिकोत्सवलगायतका कार्यक्रम नगर्न समेत निर्णय गरेको छ। आजको नेपाल समाचारपत्रमा समाचार छ ।
FACEBOOK COMMENTS