काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रजरी बिल जारी गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी बिल जेठ १५ मा परिपक्व हुनेछ । ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । उक्त ट्रेजरी बिल २०८२ फागुन १३ मा परिपक्व हुनेछ ।
फागुन १५ गते जारी हुने ट्रेजरी बिलको भोली सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
FACEBOOK COMMENTS