काठमाडौँ । प्रथम चाबहिल जुत्ता–चप्पल व्यापार मेलाको समय ११ दिन थप भएको छ । माघ १८ गते देखि सुरु भएको मेलाको समय थप गरेको अयोजकले जानकारी दिएको हो ।
माघ १८ देखि फागुन १८ सम्म मेला आयोजना गरेको थियो। उक्त मेलको समय थप गरेको हो । मेलाको समय थप गर्दा यहाँका स्थानीय बासीहरु अझ बढी लाभान्वित हुने विश्वास आयोजकले लिएको छ ।
प्रथम चाबहिल ‘जुत्ता चप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाई आकर्षण छुट
उक्त मेलामा १४ उद्योगका ३० भन्दा बढी ब्रान्डका तीन हजारभन्दा बढी डिजाइनका जुत्ता–चप्पल राखिएको छ । ८ हजार मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।
एक सयभन्दा बढी स्टलहरूमा नेपाली ब्रान्डका जुत्ता–चप्पल राखिएको आयोजकले जनाएको छ । जुत्ता–चप्पल कारखानाकै मूल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
FACEBOOK COMMENTS