काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ ।
९१ दिन र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ । ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ ।
९१ दिनको ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो २०८१ भदौ १८ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
FACEBOOK COMMENTS