काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का सांसद अमर बहादुर थापाले दैलेखमा १० वर्ष सम्म किन्न नपर्ने पेटोलियम पदार्थ रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले पेटोलियम पदार्थ उत्खनन गर्न ल्याइएको सामान भन्सारमा रोकिएको भन्दै सरकारले तत्कालै भन्सार प्रकृया पुरा गराई समस्या समाधान गराउनुपर्ने बताए ।
उनले भने, ‘ भन्सारमा सामान रोकिएको १ हप्ता भई सकेको छ । करिब १० वर्ष सम्म किन्न नपर्ने पेटोल भण्डारण दैलेखमा छ । त्यसैले सरकारले भन्सारमा रोकिएको सामान छिटो छुटाई काम सञ्चालन गराउँन आग्रह गर्दछु । ’
FACEBOOK COMMENTS