काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले मिति २०८० साल फाल्गुन ३० गते कम्पनीको ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
सभाले संस्थापक शेयरधनीहरुको तर्फवाट सुरेश लाल श्रेष्ठ , पवन कुमार अग्रवाल , राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ आगामी ४ वर्षका लागि सञ्चालकको पदमा र्निविरोध निर्वाचित गरेको छ ।
सभाले ११ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।
FACEBOOK COMMENTS