काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले पुनः बार्षिक साधारणसभा बोलाएको छ । यसअघि पुस २७ गते बोलाएको बार्षिक साधारण सभामा गणपुरक संख्या नपुगेपछि पुन सभा बोलाएको हो ।
कम्पनीले चैत १७ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगदसहित १६.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाह, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्ताव रहेको छ । सभामा उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ । पुस १५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS