काठमाडौं । यस वर्षको फागू पूर्णिमालाई भब्य रुपमा स्वागत गर्दै शुक्रबार, वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसि एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रङहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
होली नेपालमा रङहरूको पर्व हो ‘फागु पूर्णिमा’ । पूर्णिमाको दिन धेरै हर्षोल्लासका साथ मनाइन्छ । यो समय वसन्तको प्रचुर मात्रामा रङहरूको आनन्द लिने र जाडोलाई बिदाइ गर्ने समय हो । हिन्दूहरूका लागि नेपालमा सबै उमेर र पृष्ठभूमिका मानिसहरूले व्यापक रूपमा मनाइने चाडहरू मध्ये रङहरूको पर्व होली, एक हो । काठमाडौं, पर्यटकीय राजधानी भएकोले यो पर्व ले विदेशीलाई पनि धेरै आकर्षित गर्छ । परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ ।
हालको समाज, परम्परा र पराम्परागत मुल्यमान्यता देखि टाढा हुँदै आधुनिकतातर्फ धकेलिदै गईरहेको अवस्थामा वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाइलोे उमङ्ग र उत्सवकोे पर्व होलीको शुभकामना व्यक्त गरे । उनीहरूले विभिन्न होलीको रङ लगाइदिँदै यस्ता पर्वहरुले समाजमा टुटेको सम्बन्ध, द्वन्द्वको अन्त्य र विगतबाट संचित भावनात्मक अशुद्धताहरूबाट छुटकारा पाउन र आपसी मेलमिलाप का साथै आत्मीयताको राम्रो विकास तथा समाजको पुनर्स्थापना र नवीकरण गर्न थप हौसल्ला मिल्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुले एकआपसमा रङहरू छयापेर, गीतहरू र नृत्यहरूमा संलग्न भएर, होलीका व्यञ्जनहरूका साथमा ‘ह्याप्पी होली’ शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाएका छन् । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रङहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।
FACEBOOK COMMENTS