काठमाडौं । आज बुधबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १२ दशमलव ५७ अंकले घटेर २०२९ दशमलव १२ को विन्दुमा कायम भएको छ ।
बुधबार ३१० कम्पनीको ५९ लाख ३९ हजार ८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १८ करोड ८३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज शिवम् सिमेन्ट, सोनापुर, जोशी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । आज शिवम् सिमेन्टको नौ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS