काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को ८ महिना (साउन–फागुन) मा साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता (प्रस्तावित) आएको छ ।
उद्योग विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबेका कुल लगानी प्रतिबद्धता आएको हो ।
उद्योग विभागका अनुसार फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
यस वर्ष लगानी प्रतिबद्धता गत वर्षको यसै अवधिको तुलनामा वृद्धि भएको छ । अघिल्लो वर्षको फागुनसम्म १ अर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता भने २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षै फागुनसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो ।
विभागका अनुसार यस वर्ष फागुनसम्म स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ठूला उद्योगको संख्या ३२ रहेको छ ।
मझौला उद्योग २२ र साना उद्योगको दर्ता २०४ रहेको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका स्वदेशी उद्योगले १८ हजार १५३ रोजगारी दिन सक्ने तथ्यांकमा उल्लेख छ ।
विदेशी लगानी तर्फ फागुनसम्म कुल २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले १३ हजार १६९ रोजगारी सिर्जना गर्न सक्ने देखिएको छ । वैदेशिक लगानी फागुन महिनामा मात्र ६ अर्ब ४७ करोड आएको छ ।
FACEBOOK COMMENTS