काठमाडौं । झापा र तेह्रथुममा दुई जना बलात्कृत भएका छन् । बलात्कृत हुनेमा एक किशोरी र अर्की एक जना महिला छिन् ।
प्रहरीका अनुसार झापाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने इलाम माई नगरपालिका–६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती किशोरीलाई बिर्तामोड नगरपालिका–४ स्थित कोहिनुर होटेलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, तेह्रथुमकी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS