काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०७९–८० को लागि सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ । कम्पनीले नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गरिसकेको छ । चैत ८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS