काठमाडौं । आज मंगलबार नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा कायम हुँदा गुराँस लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक कमाइ गरेका छन् भने ज्योति विकास बैंक वण्ड २०८७ का शेयरधनीले सर्वाधिक गुमाएका छन् ।
आजको शेयर बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको थियो । यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५, उपकार लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ६४, वीन नेपाल लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ९४ प्रतिशत र स्वाभीमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ६ दशमलव ५० प्रतिशतले वृद्धि आएको छ ।
यस्तै, ज्योति विकास बैंक वण्ड २०८७ को ७ दशमलव ५०, मनकामना इनर्जी हाइड्रोपावर लिमिटेडको ५ दशमलव २८, तारागाउँ रिजेन्सी होटेल लिमिटेडको ४ दशमलव ९४, माया खोला हाइड्रो कम्पनी लिमिटेडको ४ दशमलव २६ र चिरख्वा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४ दशमलव १९ प्रतिशतले घटेका छन् ।
सामान्य अङ्कले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टमा आज पनि गिरावट
FACEBOOK COMMENTS