काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संकलप पत्रमा निजी क्षेत्रबाट दलहरूले चन्दा माग्दैन भन्ने प्रतिब्धता लेख्न लगाउन चुनाैति दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकाे ५८ ओैँ वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बाेल्दै उनले संकलप पत्रमा निजी क्षेत्रबाट दलहरूले चन्दा माग्दैन भन्ने प्रतिब्धता लेख्न लगाउन सरकारलाई चुनाैति दिएका हुन् ।
उनले भने, ‘निजि क्षेत्रलाई नउठाएसम्म राज्य बन्दैन। निजि क्षेत्रको पनि सक्रियता बढाउनु पर्छ । सबै हातेमालो गरेर अघि बढ्नु पर्ने देखिएको छ।’
पिपिए रोकिन भनेको राष्ट्रघात भएको उनको भनाइ रहेको छ । ‘म उर्जा मन्त्री हुँदा पिपिए भनेको थाहा थएन । पछि बुझ्दै जाँदा त पिपिए बन्द गर्नु राष्ट्रघात रहेको थाहा पाए । यो अर्थतन्त्र चलायमान हुने बिषय पनि हो।’ अध्यक्ष लिङ्देनले भने ।
उर्जा विदेशी लगानी होइन हाम्रो स्वदेशी लगानीकर्तालाइ दिनु पर्ने उनको भनाइ छ । ‘नेपाली युवाले पठाएको रेमिट्यान्सले देश बन्दैन । निजि क्षेत्रलाई माथि नउठाएसम्म राज्य बन्दैन।‘ उनले भने, ‘निजिले पनि सक्रियता बढाउनु पर्छ। ठुल–ठुला आयोजना विदेशी कम्पनीलाई दिने हैन नेपाली कम्पनीलाई दिनु पर्छ । कसैलाई आक्रोश पोख्न परे निजी क्षेत्रलाई पोख्छन् ।’
FACEBOOK COMMENTS