सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस भएका छन् । बिहिबार बसेको संवैधानिक परिषदको बैठकले मिश्रलाई सर्वसम्मत सिफारिस गरेको हो ।
मिश्र २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका हुन्। मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन्।
अब संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि मिश्रको प्रधानन्यायधिश बन्ने बाटो खुलेको हो ।
बैठकमा बैठकमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र कानूनमन्त्री उपस्थित थिए ।
FACEBOOK COMMENTS